त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

RSS २०७९-०१-२१ ११:४४:०० बजे

काठमाण्डौ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । 

बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिनुभयो । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।