अक्टोबरदेखि दिल्लीमा विद्युत् अनुदान, अनुदान माग गर्नेका लागि मात्रै लागू हुने

RSS २०७९-०१-२२ १४:५४:०० बजे

काठमाण्डौ।विद्युत सङकटका बीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राष्ट्रिय राजधानीमा सहुलियतपूर्ण विद्युत् माग गर्नेलाई मात्र लागू हुनेगरी दिइने व्यवस्था गरिएको बताउनुभएको छ । 

यो नयाँ नियम अक्टोबर १ देखि लागू हुनेछ । “अब दिल्लीमा सस्तो बिजुलीको विकल्प हुनेछ । कात्तिक १ गतेदेखि दिल्ली सरकारले माग गर्नेलाई मात्र विद्युत् छुट उपलब्ध गराउने भएको छ । 

आम अदमी पार्टी (आप) का नेता तथा दिल्लीका मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलनमा भन्नुभयो, “मानिसहरूलाई अनुदानमा विद्युत लिने वा नलिने बारेमा सोध्ने काम चाँडै सुरु हुनेछ ।”

हाल राष्ट्रिय राजधानीका उपभोक्ताले २०० युनिटसम्म बिजुलीको ‘शून्य’ र प्रतिमहिना २०१ देखि ४०० युनिट विद्युत् खपत गर्दा ८०० रुपैयाँको छुट पाउँछन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केजरीवालले दिल्ली मन्त्रिमण्डलले ‘दिल्ली स्टार्टअप पोलिसी’ पारित गरेको घोषणा गर्दै उक्त जानकारी गराउनुभएको हो । सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट दिल्लीका युवालाई दिल्लीमा व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्ने केजरीवालले विश्वास व्यक्त गर्नुभयो । 

“युवाबाट उद्यमी तथा व्यापारी बनाउनु मेरो मनको कल्पना थियो । हाम्रा जवानमा ठूलो क्षमता छ । सही मौकालाई ध्यानमा राख्दै तिनीहरू संसारका जोसुकैसित पनि प्रतिस्पर्धा गर्न सक्छन् । भारत मात्र होइन, हामी दिल्ली विश्वको ‘स्टार्टअप’ गन्तव्य भएको देख्नेछौं  ।” दिल्लीका मुख्यमन्त्री केजरीवालले थप्नुभयो, “सरकारले धितोविना कर्जा, भाडाको वित्तीय भाग र कर्मचारीको तलब मार्फत् नयाँ उद्यमीलाई वित्तीय सहायता प्रदान गर्नेछ । यसले ट्रेडमार्क दर्तामा नयाँ उद्यमीहरूलाई निःशुल्क सहायता प्रदान गर्न र अन्य औपचारिकताहरू पूरा गर्न एजेन्सीहरू र विशेषज्ञहरूको प्यानल गठन गर्नेछ ।”

हाल दिल्लीका सरकारी विद्यालयहरूमा सञ्चालित बिजनेस ब्लास्टर कार्यक्रम लाई कलेजका विद्यार्थीहरुसम्म विस्तार गरिने भएकोले उनीहरूले आफ्नो व्यवसायिक बिचारमा काम गर्न सक्ने केजरीवालले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।