आईएमएफ श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध

RSS २०७९-०१-२४ ०९:५२:०० बजे

काठमाण्डौ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मे ९ देखि मे २३ सम्म श्रीलङ्कासँग प्राविधिक वार्ताको अर्को चरण शुरु गर्ने आईएमएफका श्रीलङ्काका नियोग प्रमुख मासाहिरो नोजाकीले बताएका छन् ।

नोजाकीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आईएमएफको नीतिअनुरुप आईएमएफ श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

"श्रीलङ्काको ऋणलाई दिगो रूपमा मूल्याङ्कन गरिएको हुनाले र्याकपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट मार्फत आईएमएफको वित्तपोषणको स्वीकृतिले ऋणको दिगोपन पुनर्स्थापित हुने पर्याप्त आश्वासन चाहिन्छ," उनले भने।

दुई पक्षले गत महिना आईएमएफको मुख्यालयमा पहिलो चरणको छलफल गरेका थिए। श्रीलङ्काले र्या पिड फाइनान्स इन्स्ट्रुमेन्ट (राएफआइ) सुविधाका साथसाथै आइएमएफबाट ठूलो विस्तारित कोष सुविधाको लागि आफ्नो विदेशी मुद्रा अभावको समस्यालाई पार गर्नको लागि आशा गरेको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।