बेइजिङमा शुन्य–कोभिड नीति,सांघाई शहरमा तालाबन्दी

RSS २०७९-०१-२६ ०९:२८:०० बजे

काठमाण्डौ।चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा  सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्दी तीव्र भएको छ ।  

पूर्वी पावरहाउस श्ँहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेइजिङले हालैका हप्ताहरुमा कोरोना संक्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङ्मा ४५ जना नयाँ कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  यो अपेक्षाकृत सानो संख्या हो ।  तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ । 

चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई शहरमा अत्याधिक रुपमा परेको जनाइएको छ  । यस शहरमा कोरोना सक्रमणको कारण ५०० भन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्याङ्कले जानकारी दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।