काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु ९७ हजारमा कारोबार भएको पहेंलो धातु आज स्थिर भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारकै मूल्य रु. एक हजार २४५ मा आएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३८ डलर र चाँदी २१.४८ डलर आसपास कारोबार भइरहेको छ ।