ब्रिक्स् देशहरूले महामारीको प्रारम्भिक चेतावनी प्रणालीको विकास गर्ने

RSS २०७९-०१-२९ १६:२९:०० बजे

काठमाण्डौ।ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)  का स्वास्थ्य मन्त्रीहरूको १२ औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीको लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ।

वस्तुतः चीनले आयोजना गरेको उक्त बैठकमा ब्रिक्स देशका स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका उपमहानिर्देशकसहित ७० जनाभन्दा बढी सहभागी थिए।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार भेटमा प्रतिनिधिहरूले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण, नयाँ स्वास्थ्य प्रणालीको निर्माण र डिजिटल स्वास्थ्य जस्ता विभिन्न विषयमा गहिरो छलफल गरेका थिए।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख मा सियाओवेईले गतिशील शून्य-कोभिड दृष्टिकोण सहित चीनको प्रति-महामारी नीतिहरू प्रस्तुत गर्नुभएको थियो र महामारी रोकथाम र आर्थिक विकास बीच सन्तुलन कायम गर्ने चीनको प्रयासको बारेमा समेत छलफल गर्नु भएको थियो।

 उक्त बैठकले संयुक्त घोषणापत्र पारित गरेको छ ।

चीनले यस वर्षको जुनमा सियामेनमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ। ब्रिक्स  विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको बहुपक्षीय फोरम हो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।