काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौ कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ८०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले बढेर रु. एक हजार २५० मा आएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५२ डलर र चाँदी २१.५६ डलर आसपास कारोबार भइरहेको छ ।