श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

RSS २०७९-०१-३० १५:१८:०० बजे

काठमाण्डौ।श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सक्नुभएको छ । विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराउनुभएको बताइएको छ ।

हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिनुभएको थियो ।राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उहाँले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाउनुभएको थियो ।

आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव  भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ ।महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।

यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुनुहुन्छ । उहाँ यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

विक्रमासिंघेलाई यहाँको अर्काे राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उहाँलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।