नक्कली खाताहरूको गणनाका कारण ट्विटर सम्झौता होल्डमा: एलोन मस्क

RSS २०७९-०१-३० १३:१५:०० बजे

काठमाण्डौ।टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्।

 मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ ।

मस्कले यस हप्ताको शुरुमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती  भएको  बताएका थिए।  यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्टाउने बताएका थिए ।

हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्विटर अधिग्रहण गर्ने सहमत भएको छ ।  यद्यपि यो अझै पनि शेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।