काठमाण्डौ।सुनचाँदी बजारमा साताको आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ९०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले घटेर रु. एक हजार २५० मा आएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर र चाँदी २१.६० डलर आसपास कारोबार भइरहेको छ ।