अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो महामारी

RSS २०७९-०२-०४ ०८:२१:०० बजे

काठमाण्डौ।अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।

महामारीको “मध्यम खतरा”मा रहेको न्युयोर्क अहिले “उच्च खतरा”मा बर्गिकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।  

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दवाव सृजना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् । 

कोरोना महामारी नियन्त्रण सम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।