यूरोपेली संघद्वारा युक्रेनलाई थप सहयोगका लागि ९ अर्ब यूरोको प्रस्ताव

RSS २०७९-०२-०४ १३:१४:०० बजे

काठमाण्डौ।यूरोपेली संघ (ईयू) ले कीभलाई रूसी आक्रमणको सामना गर्नका लागि मद्दत गर्न यस वर्ष नौ अर्ब यूरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव बुधबार गरेको छ ।

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले एएफपीलाई बताए ।

भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताउनुभयो ।

उहाँले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।