ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’लाई नै हानी गर्ने यलेनको दावी

RSS २०७९-०२-०४ १४:३०:०० बजे

काठमाण्डौ।तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हित अनुकुल नभएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी ‘ट्रिजरी सेक्रेटरी’ले जेनेट यलेनले बुधबार भन्नुभयो,  “ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हितमा नरहेकोले बाइडेन प्रशासनले ती अतिरिक्त करलाई हटाउने सोच बनाएको छ ।” 

जर्मनीमा जी–७ राष्ट्रको वित्त मन्त्रीहरूको बैठक अगाडि उहाँले भन्नुभयो, “ती शुल्कहरूमध्ये केही उपभोक्ता र व्यवसायहरूमा बढी हानि गरेजस्तो देखिन्छ । चीनसँग भएका वास्तविक मुद्दाहरू समाधान गर्ने अर्थमा ती निर्णय धेरै रणनीतिक छैनन्, चाहे यो आपूर्ति श्रृङ्खला जोखिम, राष्ट्रिय सुरक्षा मुद्दा वा अन्य अनुचित व्यापारिक अभ्यासहरूसँग सम्बन्धित होउन्् ।”

यो भनाइले अमेरिकी बाइडेन प्रशासन चीनसँगको व्यापार विवादमा केही लचिलो हुने सङ्केत गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।