काठमाण्डौ।सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ८०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले बढेर रु. एक हजार २७० मा आएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४२ डलर र चाँदी २१.९२डलर आसपास कारोबार भइरहेको छ ।