सुनचाँदीको मूल्य स्थिर

अर्थबिट २०७९-०२-०९ ११:२१:०० बजे

काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेंलो धातु आज स्थिर बसेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रतितोला रु ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा घटबढ नभई प्रतितोला एक हजार २७० रुपैयाँमा नै कामय भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४.६२ डलर र चाँदी झण्डै २२ डलर आसपास कारोबार भइरहेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।