द्वन्द्वका कारण विश्वभरी १० करोड विस्थापित : राष्ट्रसंघ

RSS २०७९-०२-०९ ११:०८:०० बजे

काठमाण्डौ।द्वन्द्वका कारण विश्वभरी कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको विवरणमा जवरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ ।विस्थापित भएकाहरुहरु माथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।विस्थापित मध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन् ।

 त्यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका छन्।  युक्रेनले आफ्नो भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ । राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्नु पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण हुने चेतावनी दिनु भएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले कूटनीतिबाट मात्र अहिलेको युद्ध सुल्झाउन सकिने अभिव्यक्ति दिनु भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।