काठमाण्डौ।थाइल्याण्डका पूर्व यातायात मन्त्री चाडचार्ट सितीपुन्टले आइतबार भएको निर्वाचनमा निर्णायक जित हासिल गरेपछि बैंककको नयाँ गभर्नर बन्नुहुने भएको छ ।
सन् २०१३ पछि पहिलो पटक थाईल्याण्डको गभर्नरका लागि निर्वाचन भएको हो । बैंकक गभर्नर निर्वाचनमा ३१ जना उम्मेदवारहरूले प्रतिस्पर्धाका लािग उम्मेदवारी दर्ता गराएका थिए ।
पचपन्न बर्षीय स्वतन्त्र उम्मेदवार च्याडचार्टले १३ लाखभन्दा बढी मत ल्याई भारी मतका साथ गभर्नरको निर्वाचनमा जीत सुनिश्चित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी च्याडचार्ट निकै अगाडि रहनुभएको छ ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारले कूल २५ लाख मतमत प्राप्त गरेका बैंककको निर्वाचन आयोगको कार्यालयबाट प्राप्त अनौपचारिक परिणामले देखाएको छ।
यसैबीच थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले सोमबार नै च्याडचार्टलाई बधाई दिनुभएको सरकारका प्रवक्ता थानकोरन वाङबुनकोंगचानालाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रवक्ताका अनुसार प्रयुतले बैंककको विकासमा सरकारले च्याडचार्ट र उहाँको टोलीलाई सबै उचित समर्थन दिने आश्वासन दिनुभएको छ ।
च्याडचार्टका प्रतिस्पर्धीहरूले आइतबार नै उनीहरूको हार स्वीकार गर्दै उहाँलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइसकेका छन् ।
निर्वाचन आयोगले देशको निर्वाचन प्रक्रियाअनुसार आधिकारिक परिणाम घोषणा गर्न ३० दिन लाग्न सक्ने जनाएको छ ।