अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क अनावरण

RSS २०७९-०२-०९ १४:५९:०० बजे

काठमाण्डौ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटी (आइपिइएफ) छलफलको प्रारम्भ गर्नु भएको छ जसमा भारतलगायत एक दर्जन प्रारम्भिक साझेदारहरू छन् ।  यसले विश्व जीडीपीको ४० प्रतिशत प्रतिनिधित्व गर्दछ।

सो अवसरमा राष्ट्रपति बाइडेनले इन्डो-प्यासिफिकको लागि द स्वतन्त्र, खुला, सुरक्षित र साथै लचिलो दृष्टिकोण आवश्यक रहेको बताउँनु भएको छ  ।   त्यसका लागि दिगो आर्थिक वृद्धि  र समावेशिता अपरिहार्य रहेको पनि उहाँले उल्लेक गर्नुभएको  छ । "हामी २१ औं शताब्दीको अर्थतन्त्रका लागि नयाँ नियमहरू लेखिरहेका छौं। हामी हाम्रा सबै देशको अर्थतन्त्र द्रुत र निष्पक्ष बनाउँन गइरहेका छौँ, उहाँले भन्नुभयो।  

ह्वाइट हाउसको तथ्य पत्रले भन्छ- आईपीईएफले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई अमेरिकी कामदारहरू, साना व्यवसायहरू र पशुपालकहरूले इन्डो-प्यासिफिक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने सुनिश्चित गर्नेछ। 

"आज जापानको टोकियोमा राष्ट्रपति बाइडेनले एक दर्जन प्रारम्भिक साझेदारहरू: अष्ट्रेलिया, ब्रुनाई, भारत, इन्डोनेसिया, जापान, कोरिया गणतन्त्र, मलेसिया, न्युजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनामसँग समृद्धिको लागि इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्कको शुभारम्भ गर्नुभयो" तथ्यपत्रमा उल्लेख गरिएको छ ।

"संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साझेदारहरूले विश्वास गर्छन् कि आगामी दशकहरूमा हाम्रआ सफलता सरकारहरूले ठूल्ठूला कृषिफार्महरूलाई कसरी प्रयोग गर्छ भन्ने कुरा विशेष गरी हाम्रो अर्थतन्त्रलाई सुदृढ पार्दै स्वच्छ ऊर्जा, डिजिटल प्रविधिका क्षेत्रहरूमा भइरहेको परिवर्तनहरूमा निर्भर गर्दछ" विज्ञप्तिमा भनिएको छ। 

त्यसैगरी कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस पहलका लागि बाइडेनलाई बधाइ दिनुभएको छ । "भारतले समावेशी र लचिलो इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्कको लागि काम गर्नेछ । यसका लागि  विश्वास, पारदर्शिता र समयबद्धता प्रमुख हो," मोदीले भन्नुभयो ।  

अमेरिकी राष्ट्रपति बाइडेनको नेतृत्वमा रहेको यस पहलमा जापानका प्रधानमन्त्री किशिदा फुमियोको  प्रत्यक्ष सहभागिताका साथै अन्य नेताको भर्चुअल उपस्थिति रहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।