नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सको आह्वान

RSS २०७९-०२-१० १८:२९:०० बजे

काठमाण्डौ।उदीयमान अर्थतन्त्रका रुपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुृख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न  नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवम् नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आह्वान गरेका छन् । 

भिडियो लिङ्कमार्फत यहाँ सम्पन्न ब्रिक्स उद्योग मन्त्रीहरूको छैटौं बैठकमा उनीहरूले स्थिर, सुरक्षित, खुला, निष्पक्ष, जीवन्त र लचिलो वातावरण सिर्जना गर्दै औद्योगिक सहयोगलाई अझ सुदृढ तुल्याउन तथा अर्थतन्त्रको पुनरुत्थान अभिवृद्धि गर्न त्यस्तो आह्वान गरेका हुन् । 

विश्वले बितेको एक शताब्दीमा कहिल्यै नदेखिएको महामारीको सामना गर्नुपरेको यथार्थ प्रस्तुत गर्दै चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सियाओ याछिङले चिनियाँ सरकारले महामारीविरुद्धको प्रतिकार्य र सामाजिक– आर्थिक विकासलाई सन्तुलनमा राख्न सक्रिय कदम चालेको बताउनुभयो । 

बैठकमा समूहका मन्त्रीहरुबीच सन् २०१५ मा भएको पहिलो बैठकका निर्णयको प्रगति समीक्षा, आपसी सहयोग प्रवद्र्धन, नयाँ औद्योगिक क्रान्तिमा समूहको साझेदारी, परम्परागत उद्योगको ‘डिजिटल’रुपान्तरण, औद्योगिक तथा आपूर्ति शृङ्खलामा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।