रुस-युक्रेन द्वन्द्वका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

अर्थबिट १४:४६:०० बजे

काठमाण्डौ।काठमाण्डौ।रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । 

नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गर्नु भएको हो ।

उहाँले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । 

सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उहाँले जानकारी दिनुभयो । 

रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ । 

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ । 

ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक सङ्कट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सृजना भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।