रूबलको अवस्था बलियो रहेको क्रेमलिनको निष्कर्ष

RSS २०७९-०२-११ १४:५३:०० बजे

काठमाण्डौ।पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ ।

केन्द्रीय बैंकले आफ्नो मूद्रा दरको स्तरबारे छलफल गर्न बिहीबारका लागि आकस्मिक बैठक आयोजना गर्ने जनाएको छ ।

क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको भेटमा भन्नुभयो, “रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान दिनुको कारण हो ।” विश्वका आर्थिक छलफल तथा सभाहरूमा रूबलको निरन्तर बलियो अवस्थाबारे चर्चा हुने गरेको उहाँले दावी गर्नुभयो । 

रूसी सरकारका लागि रूबलको बलियो अवस्था हुँदा यसले राजस्व सङ्कलनमा असर गर्न सक्ने भन्दै निरन्तर रूबल बलियो रहेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

फेब्रुअरीमा यूक्रेनमा मस्कोको सैन्य अभियान सुरु गर्दा पश्चिमी मुलुकले कमजोर प्रतिबन्ध लगाएर रूसलाई प्रतिक्रिया दिएको भन्दै रूसी वित्तीय अधिकारीहरूले कमजोर अर्थव्यवस्थालाई सन्तुलनमा राख्न पूँजी नियन्त्रणसम्बन्धी कडा नियम लागू गरेको र यसले रूसलाई आर्थिक रूपमा सबल राख्न सहयोग पुगेको उनीहरूको भनाई छ ।

त्यसबेलादेखि रूबलमा अमेरिकी डलरभन्दा लगभग ३० प्रतिशतले उछाल आएको रूसी दावी छ । बुधबार युरोसँग रूबलको कारोबार ५७.६ मा भएको छ । यो स्तर सन् २०१५ देखि देखिएको थिएन भने डलरतर्फ ५६ पुगेको छ । यो सन् २०१८ फेब्रुअरीदेखि सबैभन्दा बलियो भएको छ । 

कडा पूँजी नियन्त्रणमाथि, रूसी मुद्राले इन्धन मूल्यबाट उच्च लाभ उठाएको रूसले दावी गरेको छ । तर पछिल्लो समय सरकारले पूँजी नियन्त्रणलाई खुकुलो पार्न कदम चालेको छ ।

रूसको वित्त मन्त्रालयले घरेलु निर्यात कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशत विदेशी मुद्रामा बेच्नुपर्ने घोषणा गरेको थियो, यो पहिलेभन्दा ८० प्रतिशतको न्यूनता थियो ।   

संयुक्त राज्य अमेरिकाले मस्कोलाई डलरमा भुक्तानी गर्न अनुमति दिने छूट समाप्त गरेपछि रूसले बुधबार रूबलबाट नै आफ्नो विदेशी ऋण तिर्न थाल्ने बताएको छ । 

वित्त मंत्रालयले टेलिग्राममार्फत् भनेको छ, “यो लाइसेन्स विस्तार गर्न अस्वीकार गर्दा अमेरिकी डलरमा सरकारी विदेशी ऋण सेवा जारी राख्न असम्भव भएको कुरा उल्लेख गर्दै भुक्तानीलाई रूसी मुद्रामा गरिनेछ ।”

यसैबीच रूसले दक्षिणी यूक्रेनी क्षेत्र, जापोरिज्हिया र खारसनका बासिन्दाहरूले ‘सरलीकृत’ प्रक्रियाद्वारा रूसी पासपोर्ट प्राप्त गर्न सक्ने क्रेमलिनले बुधबार प्रकाशित निर्देशनमा उल्लेख गरिएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।