काठमाण्डौ।ग्लोबल आइएमई क्यापीटल लि.ले संस्थागत परामर्श सेवा अन्तर्गत ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत जनता प्रसारण तथा प्रकाशन लि. ले आफ्नो व्यवसायलाई विस्तार गरी सर्वसाधारणको समेत सहभागी गराउने हेतुले कम्पनी र ग्लोबल आइएमई क्यापीटल लि. बीच ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।
ग्लोबल आइएमई क्यापीटलले ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोवारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउन बताइएको छ भने निकट भविष्यमा प्राइभेट इक्विटटी भेन्चर क्यापिटल सम्बन्धी कार्यहरु गर्ने योजना रहेको जानकारी दिएको छ ।