भारत–बङ्गलादेश तेस्रो रेल सेवा शुरु

RSS २०७९-०२-१९ १४:५१:०० बजे

काठमाण्डौ।भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् ।

पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन् । 

भारत–बङ्गलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिताली एक्सप्रेसको गत मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिकरूपमा उद्घाटन गरेका थिए । कोभिड–१९ महामारीका कारण सेवा सुरु हुनसकेको थिएन ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।