भरतपुर महानगरपालिकाबाट एक सय ९७ तोला चाँदीसहित पक्राउ

RSS २०७९-०२-१९ ०२:०४:०० बजे

काठमाण्डौ।एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक  छन् ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो । विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।