क्रोएसियामा सन् २०२३ देखि यूरो प्रचलनमा ल्याइने

RSS २०७९-०२-२० ०९:३०:०० बजे

काठमाण्डौ।क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ ।

यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा यूरो प्रयोगमा आउने निश्चित भएको हो ।

यूरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा यूरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ ।

यूरोपका धेरै देशमा राष्ट्रिय मुद्रको रुपमा प्रयोग हुँदै आएको यूरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्ने भएको छ ।

यस पटक यूरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ । क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशहरुले भने अहिले अनुमति पाएका छैनन् ।  

यूरो प्रचलनमा ल्याउन पाउनु पर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन गरी ६ देश रहेका छन् । उनीहरुले धेरै मापदण्डहरु पुरा गर्न बाँकी रहेकाले यूरो प्रचलनका लागि अहिले नै अनुमती दिन नसकिएको यूरोपेली आयोगका अधिकारीहरुले जनाएका छन् ।

यूरो प्रचलनमा ल्याउनका लागि निवेदन दिएका देशहरुले सुरु गरेको प्रक्रियाका बारेमा पेस गरिएको प्रतिवेदनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले टिप्पणी गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ, “यूरो ग्रहण गर्ने क्रोएसियाको प्रक्रिया सन्तोषजनक भएकाले क्रोएसिया अव यूरो ग्रहण गर्ने तर्फ उन्मुख भएको छ, क्रोएसियालाई बधाई छ ।”

क्रोएसियाले यूरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो हुने, व्यवस्थित हुने र आम नागरिक तथा व्यवसायीलाई पनि फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।