अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन

RSS २०७९-०२-२२ १८:२४:०० बजे

काठमाण्डौ।श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले  सरकारी अधिकारीहरूलाई वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन  दिनुभएको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले शनिबार जनाएको छ ।  श्रीलङ्काले आगामी महिनामा खाद्यान्न अभावको सामना गर्नुपर्ने चेतावनी सार्वजनिक  भएपछि राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ । 

"वृक्षरोपण कम्पनीहरूसँग ९, ००० हेक्टर भन्दा बढी खेती नगरिएको जमिनको स्वामित्व छ। 

श्रीलङ्काले अप्रिल २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको हो । रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि  यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रीपरिषद्ले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।