चीनको याङ्जे नदीमा तीन करोड माछा छोडियो

RSS २०७९-०२-२४ १५:५५:०० बजे

काठमाण्डौ। चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३० लाखभन्दा बढी माछालाई छोडिएको छ । 

हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजातिलगायत केही संरक्षित प्रजातिहरू पनि छन् ।   

कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो ।

कृषि तथा ग्रामीण मामिलासम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरूलाई छोडिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।