काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु ९७ हजार ५०० मा नै कारोबार भएको पहेंलो धातुको मूल्य आज स्थिर भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नै थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले बढेर रु. एक हजार २८० मा आएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर र चाँदी २२ डलर आसपास कारोबार भइरहेको छ ।