किसानको आम्दानी बढाउन भारत सरकारद्वारा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य वृद्धि

RSS २०७९-०२-२५ १४:१९:०० बजे

काठमाण्डौ।भारत सरकारले बुधबार बजार मौसम २०२२–२३ का लागि खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रीपरिषद् समितिको बैठकले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको हो ।

सरकारले १७ वटासम्म बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धि गरी कृषकको उत्पादनका लागि उब्जनीकर्तालाई पारिश्रमिक मूल्य सुनिश्चित गर्न र बाली विविधीकरणलाई प्रोत्साहन गर्न यो कदम लिएको भारतीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले बताउनुभयो ।

मन्त्री अधिकारीका अनुसार बालीका लागि वृद्धि संघको बजेट २०१८–१९ अनुसार उत्पादनको औसत लागतभन्दा कम्तिमा ५० प्रतिशतको तहमा न्यूनतम समर्थन मूल्य वृद्धि गर्ने तय भएअनुसार यो घोषणा भएको बताइएको छ । 

सरकारले किसानलाई उचित पारिश्रमिक दिने लक्ष्य लिएको मन्त्री ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानहरूलाई यी बालीअन्तर्गत ठूलो क्षेत्र परिवर्तन गर्न र सर्वोत्तम प्रविधि तथा कृषि पद्धति अपनाउन, मांग आपूर्ति असन्तुलन सच्याउन प्रोत्साहन दिन तेल, दाल र खस्रो अनाजको पक्षमा न्यूनतम समर्थन मूल्यलाई समायोजन गर्न गत केही वर्षहरूमा प्रयासहरू थालिएका छन् ।” 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।