काठमाण्डौ।विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध विषयमा आवश्यक परामर्श गरिएको हो ।
आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक बर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको सूचना निकालेको छ । सोही विषयमा देखिएको अस्पष्टताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राखेका थिए ।
त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमवाट बीजक जारी गर्ने विषयमा थप प्रष्ट पार्दै विभागका महानिर्देशक शाक्यले १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको प्रष्ट पार्दै यसले लेखा प्रणालीलाई ब्यवस्थित बनाउन सहयोग पु¥याउने बताए । उनका अनुसार यो व्यवस्था अनुसार विद्युतीय बीजक जारी गर्दा त्यो केबल व्यवसायीको लेखाप्रणालीमा मात्रै आवद्ध हुने छ । जसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने बानी बसाल्ने उनको भनाई छ ।
महानिर्देक शाक्यसँगको भेटका क्रममा महासंघका उपाध्यक्ष विपिन रामुदामु लगायको उपस्थिति थियो । त्यसक्रममा सुनचाँदी ब्यवसायका विभिन्न पक्षमाथि छलफल भएको थियो ।