काठमाण्डौ।नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ।
आज बुधबार निगमले पेट्रोल लिटरमा ८ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १२ रुपैयाँ भाउ बढाएको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोल लिटरको १७८ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको १६५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेका कारण निगमले मूल्य बढाएको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेका कारण निगमले मूल्य बढाएको हो।
एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा झण्डै ६० अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति रहेको निगमको भनाइ छ ।