‘अन्तरिक्षबाट अपतटीय मिथेन ग्याँस चुहावट देखिएको दावी’

RSS २०७९-०२-३० १४:४९:०० बजे

काठमाण्डौ।वैज्ञानिकहरूले पहिलो पटक समुद्रबाट चुहिएको शक्तिशाली ग्रीनहाउस ग्यास मिथेनको पत्ता लगाउन स्याटेलाइट डाटाको प्रयोग भएको एक अध्ययनले देखाएको छ । 

उक्त अनुसन्धानको निष्कर्षमा तेल तथा ग्याँस उद्योगबाट पहिले अदृश्य मिथेनका लप्का पत्ता लागेको बताइएको छ ।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार सन् २०२० मा विश्वव्यापी रूपमा जीवावशेष इन्धनको परिचालनले लगभग एक करोड २० लाख टन वार्मिङ ग्याँस उत्सर्जन भएको थियो । यो मानव गतिविधिबाट हुने मिथेन उत्सर्जनको झन्डै एक तिहाइ भाग हो । 

वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको हो जहाँ डिसेम्बर महिनाको १७ दिनको अवधिमा करिब ४० हजार टन ग्याँस उत्पादन भएको थियो । 

दक्षिणी मेक्सिकोको क्याम्पेचे नजिकै रहेको यो प्लेटफर्म देशकै सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्रहरूमध्ये एक हो ।

भ्यालेन्सिया पोलिटेक्निक विश्वविद्यालयका प्राध्यापक लुइस गुआनटरले यससम्बन्धमा सार्वजनिक एक भनाइमा उल्लेख गरिएको छ, “हाम्रो अध्ययनको निश्कर्षले भूउपग्रहहरूले समुद्रको आधारभूत संरचनाबाट मिथेन ग्यासका लप्का कसरी पत्ता लगाउन सक्छन् भन्ने कुरा देखाउँछ ।” 

“यसले एउटा प्लेटफर्महरूबाट औद्योगिक उत्सर्जनको व्यवस्थित अनुगमन गर्ने ढोका खोल्छ ।” 

गत केही वर्षमा जमिनमाथि मिथेन चुहावट पत्ता लाग्ने भूउपग्रह आधारित तरिकाहरू द्रुत गतिमा विकास भएका छन् । यसले नियामक निकाय तथा उद्योगबारे असहजता सिर्जना गर्ने जानकारी दिएको छ ।  

समुद्रको तेल तथा ग्याँसको परिचालनबाट चुहावट हुने विश्वव्यापी उत्पादनको लगभग ३० प्रतिशत उत्सर्जनबारे समान प्रविधिको अभाव हुँदै आएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।