भारतमा खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

RSS २०७९-०२-३० ०८:४८:०० बजे

काठमाण्डौ।भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ । 

मे महिनामा खुद्रा मुद्रास्फीति ६.३० प्रतिशत कायम रहेको थियो जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा कमी हो ।

मुद्रास्फीति दर मापनका लागि छानिएका एक हजार ११४ शहरी बजार र देशका एक हजार १८१ ग्रामिणहरूको अध्ययनबाट निकालिएको हो ।

यसबीच, उपभोक्ता खाद्य मूल्य सूची वा खाद्य मुद्रास्फीति अप्रिलमा ८.३१ प्रतिशतबाट मे महिनामा ७.९७ प्रतिशतले घटेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।