नेप्सेमा रिभर फल्स पावरको ७० लाख कित्ता सेयर सूचीकृत,कतिमा खुल्दैछ कारोबार?

अर्थबिट २०७९-०३-०१ ०४:५२:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिभर फल्स पावरको सेयर सूचीकृत भएको छ। 

आज बुधबार कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसँगै भोलि बिहीबारबाट कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने छ । भोलि स्पेसन प्रि ओपन सेसन(बिहान १०ः३० देखि १०ः४५)मा पहिलो कारोबार भएपछि नियमित कारोबार समयमा कम्पनीको सेयर खरिदबिक्री गर्न मिल्नेछ । 

नेप्सेले कम्पनीको आरएफपीएल कोड प्रदान गरेको छ भने पहिलो कारोबारका लागि रु.८७.९८ देखि २६३.९४ सम्म सुरुवाती मूल्य सीमा प्रदान गरेको छ । 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।