विश्वव्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

RSS २०७९-०३-०३ १४:४९:०० बजे

काठमाण्डौ।अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् । 

अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रूसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनःसंरचना गर्ने आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताएका हङकङ पोष्टले जनाएको छ । 

चीन विश्व अर्थतन्त्र र जलवायु परिवर्तनदेखि कोभिडसम्मका समस्याहरूलाई सम्बोधन गर्ने क्षमताका लागि पनि महत्वपूर्ण भएको उल्लेख गर्दै हङकङ पोष्टले चीनको समस्यासँग जुध्न बाडेनको दृष्टिकोण अपर्याप्त भएको टिप्पणी गरेको छ । 

अमेरिकी विदेश मन्त्रीले गत हप्ता अमेरिकाको नेतृत्वमा रहेको इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रस्परिटीको सुरुवात भएको बताएका थिए ।  उनको यही भनाइलाई लिएर उक्त पत्रिकाले हिन्द–प्रशान्त क्षेत्रमा परम्परागत सुरक्षा सहयोगभन्दा आर्थिक सहयोगलाई समर्थन गर्ने र चीनलाई आफ्नो प्रमुख व्यापारिक साझेदार मान्ने भएकाले यस ढाँचामा स्वतन्त्र व्यापार सम्झौता समावेश हुनुपर्नेमा जोड  दिएको छ । 

यसैबीच, अमेरिकी सांसदहरूको द्विपक्षीय समूहले सरकारलाई चीनमा अर्बौ लगानी कटौती गर्न अनुमति दिने घोषणा गरेको छ । देशको राष्ट्रिय एवम् आर्थिक सुरक्षाका निम्ति लगानी कटौती गर्नेसम्बन्धी सम्झौतालाई अनुमति दिने निर्णय भएको जनाइएको छ । स्वदेशी उद्योगका सरोकार सम्बोधन गर्न सांसदहरूले उक्त निर्णय गरेका बताइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।