पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

RSS २०७९-०३-०३ १०:२३:०० बजे

काठमाण्डौ।पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । 

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो । महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउनुहुन्छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।