‘पद्मा पुल बिआरआईको हिस्सा होइन’

RSS २०७९-०३-०४ १८:१९:०० बजे

काठमाण्डौ।बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई०को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो । 

पद्मा बहुद्देशीय पुल पूर्णरूपमा बङ्गलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ । बिआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बङ्गलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो । आगामी शनिबार उक्त पुल आवागमनका निम्ति खुला गरिदैछ । 

विदेश मन्त्रालयका अनुसार पद्मा पुलले दक्षिणपश्चिम भेगका १९ जिल्लालाई देशका अन्य भागसँग जोड्ने तथा त्यसले सामाजिक–आर्थिक विकासका साथै क्षेत्रीय सम्पर्क विस्तारमा योगदान गर्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।