रूसविरूद्धको आर्थिक प्रतिबन्धको राष्ट्रपति पुटिनद्वारा चर्को आलोचना

RSS २०७९-०३-०४ १५:२५:०० बजे

काठमाण्डौ।यूक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको सङ्ज्ञा दिनुभएको छ । 

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उहाँले अमेरिका तथा उसका सहयोगी यूरोपेली मुलुकको चर्को आलोचना गर्नुभयो । ‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण (यूरोपेली संघ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गर्नुभएको हो । 

“रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,” उहाँले भन्नुभयो । प्रतिबन्ध पत्युत्पादक भएको उहाँले दाबी गर्नुभयो । 

पश्चिमी राष्ट्रहरूले रूसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेका समय पुटिनको उक्त भनाई आएको हो ।

उक्त अबसरमा पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र यूरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।