सन् २०२२ को ताइवानले आर्थिक वृद्धि ३.७५ प्रतिशत हुने प्रक्षेपण

RSS २०७९-०३-०४ १५:२८:०० बजे

काठमाण्डौ।ताइवानको मौद्रिक नीति अख्तियार गर्ने सरकारी निकायले यस वर्ष ताइवानको आर्थिक वृद्धि ३.७५ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

उक्त संस्थाले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिएल) को वृद्धिदर २.८३ प्रतिशत रहने अनुमान गरेको छ । यसै हप्ताको सुरूमा सार्वजनिक सरकारी तथ्याङ्क अनुसार कोभिड–१९ महामारीको कारण खपत सुस्तता र औद्योगिक पुनः स्थापनालाई ध्यानमा राख्दै आर्थिक वृद्धि तथा उपभोक्ता मूल्य सूचकाङ्कलाई समायोजन गरिएको हो । 

यसपहिले मार्चमा सार्वजनिक तथ्याङ्कमा सरकारले ताइवानको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने र उपभोक्ता खर्च मूल्य वार्षिक २.३७ प्रतिशत कायम रहने उल्लेख गरिएको थियो । 

तथ्याङ्कअनुसार मे महिनामा ताइवानको उपभोक्ता मूल्य ३.३९ प्रतिशतले वृद्धि भएको थियो । यसलाई अधिकारीले झन्डै एक दशकमा भएको सबैभन्दा ठूलो उपलब्धि भनेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।