उर्जा वचत गर्न बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

RSS २०७९-०३-०४ १५:३२:०० बजे

काठमाण्डौ। बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गर्नु भएको हो । यो नियम देशैभरी लागू गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गर्नु भएको हो ।

उर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।  

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ ।  

पेट्रोलियम पदार्थको अभावका कारण मूल्य वृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो ।

बेलुका चाँडै बजार बन्द गर्दा विद्युत तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।