काठमाण्डौ।सुनचाँदी बजारमा साताको तेस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ७०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा नै कारोबार भएको पहेंलो धातु आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रतितोला रु ९७ हजार २०० नै कायम थियो । यसैगरी आज चाँदीको मूल्य अघिल्लो दिन कायम भएको कारोबार मूल्य रु. एक हजार २६५ मा नै आएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर र चाँदी २१.६७ डलर आसपास कारोबार भइरहेको छ ।