टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

RSS २०७९-०३-०८ ०८:२३:०० बजे

काठमाण्डौ। टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो । 

टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ । आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो । 

यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ । सो बैठकमा संयुक्त राष्टसङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुनुहुने भएको समाचारमा जनाइएको छ । 

संयुक्त राष्टसङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ । साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ । 

यी खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गर्दै आएको छ । 

सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।