श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने

RSS २०७९-०३-०८ १३:०२:०० बजे

काठमाण्डौ।श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएको छ ।

श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रेमासिङ्घेले बुधबार संसदलाई अन्तरराष्ट्रिय मौद्रिक कोष (आईएमएफ) सँग कर्मचारी स्तरीय सम्झौता र जुलाईको अन्त्यसम्ममा जमानत प्याकेजको कार्यक्रम तय गरिने कुरा बताउनुभएको छ ।

प्रधानमन्त्रीले आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद आगामी सोमबारबाट सुरु भएको र १० दिनसम्म चल्ने बताए ।

विक्रमासिंघेले भन्नुभयो, “श्रीलङ्काका लागि एक मात्र सुरक्षित विकल्प भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गर्नु हो । साँच्चै भन्ने हो भने, यो हाम्रो एक मात्र विकल्प हो । हामीले यो बाटो अपनाउनु पर्छ ।”  

उहाँले सार्वजनिक वित्त, अर्थतन्त्र, कर्जा व्यवस्थापन, बैंकिङ क्षेत्रको स्थायित्व र सामाजिक सुरक्षाको जालोबारे आईएमएफसँग प्रारम्भिक छलफल सम्पन्न भएको बताउनुभयो ।

वित्तीय तथा कानुनी सल्लाहकार फर्महरूसँग छलफलपछि जुलाईको अन्तसम्ममा श्रीलङ्काको कर्जा पुनःसंरचनाका लागि आधार तय गरिने उहाँले बताउनुभयो ।  

श्रीलङ्काले गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ र यसको सरकारले अप्रिलमा तिर्नुपर्ने सबै बाह्य ऋण चुक्ता मितिलाई सारेर पछि पु¥याएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।