काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौं कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले घटेर रु. एक हजार २५० कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर र चाँदी २१.३३ डलर आसपास कारोबार भइरहेको छ ।