जर्मनीमा ग्यास को अभाव

RSS २०७९-०३-१० १५:१४:०० बजे

काठमाण्डौ।रूसले जर्मनीलाई ग्यास आपूर्ति कम गरेपछि आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढाएको छ । 

बिहीबार पत्रकार सम्मेलनमा अर्थमन्त्री रोबर्ट हाबेकले भन्नुभयोे, “अहिले जर्मनीमा ग्यास को अभाव भएको छ ।”

“रूसको यूक्रेनविरूद्धको आक्रमणपछि पश्चिमको समर्थनको बदलामा यूरोपेली एकतालाई खलबलाउने उद्देश्यले जर्मनीविरुद्ध ग्यास आपूर्तिलाई ‘हतियारको रूपमा’ प्रयोग गरिरहेको थियो,” हाबेकले भन्नुभयो ।  

“बढ्दो स्तरले ‘ग्यास आपूर्ति स्थिति’को उल्लेखनीय खस्कँदो अवस्था प्रतिबिम्बित गरेको छ,” हाबेकले भन्नुभयो । “अब हामीले केही पनि गरेनौं भने अवस्था झन् बिग्रनेछ ।” 

अन्य थुप्रै युरोपेली देशहरूजस्तै जर्मनी पनि इन्धनको आफ्नो आवश्यकता पूरा गर्न रूसी ऊर्जा आयातमा अत्यधिक निर्भर छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।