अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्ने

RSS २०७९-०३-१० १५:२०:०० बजे

काठमाण्डौ।संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ । 

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, “अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ ।” 

“बढ्दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायहरूले लाभ उठाउनेछन्,” मन्त्रालयका प्रवक्ता शु जुटिङले एक पत्रकार सम्मेलनमा बताउनुभयो । 

दुवै पक्षको जीतको अवस्था (समाधानको मध्यविन्दु) खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण र परिस्थिति सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने उहाँले बताउनुभयो । 

दुई देश र विश्वका जनतालाई लाभ पु¥याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृंखलाहरूको स्थिरता कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।