बङ्लादेशको पद्मा पुल यातायातका लागि खुला,जीडीपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने

RSS २०७९-०३-१२ १२:५४:०० बजे

काठमाण्डौ।चिनियाँ कम्पनीले निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र रेलमार्गबाट सिधा सञ्चार स्थापनाका लागि महत्त्वपूर्ण हुने बताउँनु भएको छ  ।

उक्त पुलको निर्माणसँगै बङ्गलादेशको जीडीपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने र प्रतिवर्ष ०.८४ प्रतिशत बिन्दुले गरिबी दर घटाउने अपेक्षा गरिएको उहाँले बताउँनु भएको छ । 

पुललाई केन्द्रमा राखेर नयाँ आर्थिक क्षेत्र र हाईटेक पार्क निर्माण गरिनेछ । फलस्वरूप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र मुलुकको औद्योगिकीकरणको गतिले गति लिने प्रधानमन्त्रीको दाबी छ ।

पद्मा पुल एसियाली राजमार्ग नेटवर्कको एक प्रमुख हिस्सा हो, जसले क्षेत्रीय व्यापारमा ठूलो योगदान पुर्यादइरहेको छ, उहाँले भन्नुभयो ।  उक्त पुल ढाकाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ जसको कुल लम्बाइ ९.८ किलोमिटर छ र त्यसमध्ये मुख्य पुल ६.१५ किलोमिटर लामो छ।

यो परियोजना चाइना रेलवे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड अन्तर्गत एक चिनियाँ कम्पनीले विदेशी भूमिमा बनाएको सबैभन्दा ठूलो पुल हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।