काठमाण्डौ।सुनचाँदी बजारमा साताको तेस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ७०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै प्रतितोला रु. एक हजार २५५ मा आएको महासङ्घले जनाएको छ ।