चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनी अमेरिकाको कालोसूचीमा

अर्थबिट २०७९-०३-१५ १०:२८:०० बजे

काठमाण्डौ।युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । 

जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको झोकमा चीनका थप  पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो । 

वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ । तीनवटा चिनियाँ कम्पनीले रूसी सेनालाई सहयोग गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रूसलाई सामग्री आपूर्ति गरेका थिए । 

आजको कारबाहीले रूसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रूसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी वासिङटनले दिएको छ । कम्पनीहरू कालोसूचीमा परेपछि वाणिज्य विभागले उनीहरूका सामान स्वीकार गर्दैन र व्यापार गर्न पुनः उक्त विभागबाट अनुमति लिनुपर्ने हुन्छ । 

अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।