काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौं कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ३०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले घटेर रु. एक हजार २३५ मा आएको महासङ्घले जनाएको छ ।